एफइएसजीइ उपाधी पाउने पहिलो नेपाली बने डा. झा

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन् । जसमा नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डी रहेका छन् ।


काठमाडौं : नेपाली डा.राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइ उपाधी (डिग्री) प्राप्त गर्न सफल भएका छन् ।  डा. झा एफइएसजीइ को डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् । 


इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन् । जसमा नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डी रहेका छन् । 


डा. झा वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका संचालक हुन् । ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।


आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधी विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् । 


यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल–१ र मोड्युल–२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ ।  डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल–१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल–२ पूरा गरेका हुन् । यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार